Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

मध्यान्हमै अस्ताएको ‘सूर्य’

admin - १ असार २०७७, सोमबार ०७:१७ Share:

काठमाडौं, १ असार । ‘जीन्दगीमा सबैभन्दा महत्वपूर्ण केही छ भने त्यो जीन्दगी नै हो ।’ फिल्म ‘छिछोरे’ मा सुशान्तसिंह राजपुतले बोल्ने संवादको हो यो ।

यसमा उनी बुबाको भूमिकामा छन्, उनको छोराले परीक्षा सोचेजस्तो नतिजा नआएपछि आत्मह’त्याको प्रयास गर्छन् । सुशान्त अस्पतालको शैय्यामा छोरालाई अनेक तरहले बाँच्न र फेरि संघर्षमा रमाउन उत्पेरित गर्छन् । माथिको संवाद नै फिल्मको मूल मर्म हो ।

हलमा रिलिज भएको उनको अन्तिम फिल्म हो ‘छिछोरे’ । ‘रिल’ मा छोरालाई जीवनप्रतिको मोह पैदा गरेका सुशान्तले ‘रियल’मा आफैंले आफ्नो जीन्दगीको अन्त्य गरेका छन् । आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा उनी झु’न्डिएको अवस्थामा फेला परे । कस्तो नमिठो संयोग !

लकडाउनयता सुशान्त अपार्टमेन्टमा एक्लै थिए । आइतबार अबेरसम्म उनको पोस्र्टमा’र्टमको रि’र्पोट आएको छैन । ६ महिनायता उनी डि’प्रेसनबाट पीडित थिए भनिएको छ । उनी झु’न्डिएको देखेपछि घरको सहयोगीले प्रहरीलाई खबर गरिदिएका थिए ।

सात वर्षको फिल्म करिअरमा सुशान्तले जे जति कमाए, त्यो साँच्चै लोभलाग्दो छ । उनका फिल्म बक्सअफिसमा चम्किएनन् मात्र, दर्शकको दीलमा पनि बसिरहे । सधैं प्रसंशाको केन्द्रमा हुन्थ्यो, सुशान्तको जीवन्त अभिनय । उनी पर्दामा जे बन्थे, जीवन्त लाग्थ्यो ।

बलिउडका पण्डितहरुले त्यसै भनेका थिएनन्– ‘फिल्मस्टारमा हुनुपर्ने तर सुशान्तसँग नभएको त्यस्तो कुनै गुण नै छैन ।’ बच्चादेखी तन्नेरी हुँदै पाका उमेरका समूहका दर्शकको माया जितेका सुशान्तले ३४ वर्षमै जीवन यात्रा टुंगाए ।

सुशान्तको समाप्तीले बलिउड मात्र होइन, हरेक सिनेप्रेमीलाई स्तब्ध तुल्याएको छ । नेपालमा पनि नेतादेखि कलाकारसम्मले उनीप्रति संवेदनाप्रकट गरेका छन् । राप्रपा नेता कमल थापाले ट्वीटरमा महेन्द्र सिंह धोनीको बायोपिकमा सुशान्तको अभिनय मन परेको उल्लेख गर्दै उनको आत्माको शान्ति कामना गरेका छन् ।

मनिषा कोइरालाले ट्वीटरमा लेखेकी छन्, ‘यो सुनेर एकदमै स्तब्ध छु । विभिन्न विषयमा उनको बहस मन पथ्र्यो । हार्दिक संवेदना । ओम शान्ति ।’ अभिनेता प्रियंका कार्कीले ट्वीटरमा सुशान्तको तस्बिर पोस्ट गर्दै डिप्रेसनको अनुहार नहुने भएकाले सबैसँग नम्र हुन आग्रह गरेकी छन् । उपन्यासकार बुद्धिसागरले लेखेका छन्– ‘गज्जबका अभिनेता थिए । युवा थिए, भविष्य स्वर्णिम थियो । तर, सुटुक्क हिडिहाले छन् ।’

सुशान्तको निधनको खबर सार्वजनिक भएको केही घन्टामै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत संवेदना व्यक्त गरे । ‘एउटा प्रतिभाशाली युवा अभिनेता छिटै गए । मनोरञ्जनको दुनियामा उनको उदयले धेरैलाई प्रेरणा दिएको छ र अनेकौं यादगार अभिनयले उनी बाँचिरहने छन् ।’

बलिउडका बादशाह शाहरुख खानले भावविव्हल भएको उल्लेख गरेका छन् । शाहरुखको ट्वीट छ, ‘उनी मलाई असाध्यै माया गर्थे । म उनलाई सधैं सम्झनेछु । उनको उर्जा, उत्साह अनि खुशीले भरिएको मुस्कान‘।’ अक्षयकुमार, अनुराग कश्यप, अजय देवगन, आलिया भट्ट, महेश चाब्रालगाएतका बलिउडकर्मी मर्माहत बनेका छन् ।

सन् २०१३ मा ‘कोई पो चे’मार्फत बलिउडमा पाइला राखेका सुशान्त १९८६ मा पटनाको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । पढाईमा अब्बल उनलाई मेकानिकल इन्जिनियरीङ पढ्दै गर्दा कलाकारिताको चस्काले छोयो । यो सन् २००४ तिरको कुरा हो । उनले चाहेर पनि आफ्नो अभिनयमोह परिवारमा व्यक्त गर्न सकेनन्, २००२ मा आमाको निधनपछि थप अन्तरमुखी बनेका उनले गत जुन ३ मा उनले इन्स्टाग्राममा आमा र आफ्नो तस्बिर पोस्ट गरेका थिए ।

सन् २००५ मा फिल्मफेयर अवार्डस् शोको कोरसमा नाच्नेमध्ये सुशान्त पनि एक थिए । अर्को वर्ष कमनवेल्थ गेम्सको उद्घाटनमा नाच्न अष्ट्रेलिया पुगे । नृत्य र अभिनय प्रशिक्षणमा लीन भएकाले पढाई छाडेर अभिनयको अनन्तयात्रामा निस्किए । सुरुमा मुम्बईकै नाट्य समूहसँग जोडिएका उनले भनेका थिए, ‘मलाई मुक्तिको अनुभव भयो । दर्शकसँग संवाद गर्न सक्छु । मैले थाहा पाएँ की म सदैव अभिनय गर्न चाहन्छु ।’

सुशान्त २००८ मा स्टार प्लसको ‘किस देश में हे मेरा दील’मा देखिए । सहायक भूमिकाका कारण खासै ‘नोटिस’ भने भएनन् । ‘पवित्रा रिस्ता’ (सन् २००९–२०११) ले चाहिं उनलाई टेलिभिजन दर्शकमाझ लोकप्रिय बनायो । अभिषेश कपुरले ‘कोई पो चे’ मा अभिनय गराएर सुशान्तको एक तहको सपना पुरा गरिदिए ।

यसले बक्सअफिसमा कमाल गर्‍यो, सुशान्तले वाहवाही पाए । रोमान्टिक–कमेडी ‘शुद्ध देशी रोमान्स’ (सन् २०१३) ले उनको लोकप्रियताको दायरा फराकिलो बनाइदियो । आमिर खानको ‘पिके’ (सन् १०१४) मा सहायक भूमिकामात्र थियो उनको, तैपनी फिल्मको अन्त्यतिर उनलाई देख्दा जो कोहीको आँखा रसाउथ्यो ।

एक्सन–थ्रिलर फिल्म ‘डिटेक्टिभ बम्केश वक्षी !’ (सन् १०१५) भने उत्साहप्रद हुन सकेन । जब भारतीय क्रिकेट टिमका तत्कालिन कप्तान महेन्द्रसिंह धोनीको बायोपिक ‘एम.एस.धोनी : द अन्टोल्ड स्टोरी’ (सन् २०१६) मा देखिए, तब सुशान्तको करिअर कायापलट भयो ।

यो फिल्म सुपरहिट भएपछि एकसाथ १२ फिल्मबाट अफर आएको सुशान्तले बताएका थिए । त्यति चर्चित पात्रलाई विश्वसनीय बनाउन उनले डेढ वर्ष खर्चिएका थिए । धोनीको प्रख्यात ‘हेलिकप्टर सट्’ हुबहु पर्दामा उतार्न सुशान्तले दैनिक तीन घन्टा अभ्यास गर्थे ।

यो भूमिकाबाट स्क्रिन अवार्डमा उत्कृष्ट अभिनेता (क्रिटिक्स) को अवार्ड चुमे, अन्य आधा दर्जन अवार्डमा मनोनयनमा परे । यही वर्ष अंकिता लोखंडेसँगको ६ वर्षको सम्बन्ध अन्त्य भयो । त्यतिबेला पनि उनले केही समय ‘लाइमलाइट’बाट बाहिर निस्केका थिए ।

‘राब्ता’ (सन् २०१७) मा उनको अभिनयले प्रसंशा बटुले पनि हिट भएन । ‘केदारनाथ’ (सन् २०१८)मा उनी भरिया बनेका थिए, यो उनको करिअरको अर्को माइलस्टोन फिल्म बन्यो । गत वर्ष उनका ‘सोन्चिरिया’ र ‘छिछोरे’ रिलिज भएका थिए । नेट्फ्लिक्सको ‘ड्राइभ’ पनि उनको मुख्य भूमिका थियो । ‘द फल्ट इन आवर स्टार्स’को हिन्दी रिमेक ‘दील बेचरा’ पोस्ट प्रोडक्सनका क्रममा छ । यो नै उनको अन्तिम फिल्म बन्ने भएको छ ।

३४ वर्षको उमेरसम्म सुशान्तले जे गरे, त्यो आफैंमा स्वर्णिम छ । तर, उनले अझ धेरै गर्न बाँकी थियो, अझ भनुम उनीसँग उनका फ्यानको अझ धेरै आशा थियो । जीवनसँग के असन्तुष्टि थियो, यत्ति छिट्टै देहत्याग गरे । त्यो मुस्कान, त्यो जीवन्त अभिनय । कहिले विलिन हुनेछैन । अलविदा प्रिय अभिनेता । कान्तिपुर दैनिकबाट

Loading...

सुशान्तलाई बिदाई गर्दै गायिका नेहाले लेखिन् सबैलाई रुवाउने स्टाटस्

यो बर्ष बलिउडले थुप्रै सुपरस्टार चर्चित कलाकारहरु गुमाएको छ । केहिदिन अगाडि लोकप्रिय अभिनेता सुशान्त सिं राजपुतले ज्यान गुमाएपछि यतिबेला...

पूर्व प्रेमिका रुँदै पुगिन् सुशान्तको घर

मुम्बई, ३ असार । सुशान्तसिंह राजपुत र अंकिता लोखन्डेले टीभी धारावाहिक ‘पवित्र रिस्ता’ मा एकसाथ काम गरेका थिए । यही...

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको निधनको पीडाले भाउजुको पनि निधन

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मदाह गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ ।...

लामो समयसम्म श्रीमान,श्रीमती भै काम गरेको र रियल लाइफमा प्रेममा परेर छुटेकी अंकितले जव सुशान्तको दुःखद खबर थाहा पाइन् !

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले...