Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

लकडाउनका १०० दिन : संक्रमण बढ्दै, सर्वसाधारणमा डर घट्दै

admin - १७ असार २०७७, बुधबार १४:३१ Share:

काठमाडौं, १७ असार । २ वैशाखमा काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण देखिएपछि उपत्यकावासीमा ठूलो त्रास फैलियो, आसपासका जिल्लामा समेत लकडाउनमा थप कडाइ गरियो ।

तर, मंगलबार एकैदिन राजधानीमा १४ र देशभर तीन सय १६ संक्रमित देखिँदा समेत राजधानीवासीमा कुनै चिन्ता देखिएन । पछिल्लो समय देशभर संक्रमण बढ्दै जाँदा नागरिकमा भने डर घट्दै गएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको बुधबार सय दिन पुग्दै छ । तर, संक्रमणको उच्च बिन्दु करिब एक महिनापछि मात्र हुने स्वास्थ्य मन्त्रालयको आंकलन छ । विश्व स्वास्थ्य संगठनले पनि नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पुगिनसकेको जनाएको छ । तर, परीक्षण नै थोरै भएकाले समुदायमा पुगिसकेको हुन सक्ने आंशका धेरैको छ ।

मंगलबारसम्म देशभर संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ । २९ जनाको मृत्यु भएको छ । तीन हजार एक सय ९४ उपचारपछि निको भएर घर फर्किएका छन् भने दश हजार तीन सय ४१ उपचारमा छन् । देशभरका क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जनस्वास्थ्यविज्ञ डा। रवीन्द्र पाण्डेले परीक्षणको दायरा नबढाएसम्म संक्रमण कुन स्तरमा छ भनेर भन्न नसकिने बताए । उपत्यकामा ट्राभल हिस्ट्री नै नभएका व्यक्तिहरूमा समेत संक्रमण देखिन थालेको छ । यसबाट संक्रमण समुदायमा समेत पुगेको बुझिने तथा लकडाउन खुकुलो भएसँगै भिडभाड बढेकाले अझै तीव्र गतिमा बढ्न सक्ने चिकित्सक बताउँछन् ।

सोमबारको कोभिड– १९ क्राइसिस मेनेजमेन्ट सेन्टरको बैठकमा उपत्यकालगायत प्रमुख सहरमा संक्रमणले अब ठूलो रूप लिन सक्ने विश्लेषण गरिएको थियो । बैठकले घरबाहिर निस्कँदा मास्क अनिवार्य लगाउन सिफारिस गरेको एक अधिकारीले बताए ।

सहरी क्षेत्रमा भिडभाड बढे पनि परीक्षणको दायरा अझै बढ्न सकेको छैन । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारपछि दैनिक १० हजारको संख्यामा परीक्षण गरिने बताएका थिए । तर, पछिल्लो २४ घन्टामा चार हजार सात सय ११ जनाको मात्र स्वाब परीक्षण गरिएको छ ।

९५५ संक्रमित विदेशबाट आएका

नेपालमा संक्रमित देखिएका ९५ प्रतिशत विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरू छन् । अन्य उनीहरूको व्यवस्थापन तथा उपचारमा खटिएकाहरू छन् । भारतबाट कतिपय व्यक्ति लुकिछिपी आएकाले उनीहरूबाट पनि केहीमा संक्रमण फैलिएको छ ।

‘नेपालमा देखिएका ९५ प्रतिशत संक्रमित भारतबाट आएकाहरू छन्,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने, ‘उनीहरूबाट अन्यमा संक्रमण फैलिएको छ ।’ कुल संक्रमितमध्ये झन्डै ९८ प्रतिशतमा लक्षण नै नदेखिएको र उनीहरूको अवस्था पनि सामान्य रहेको डा। पाण्डेले बताए ।

Loading...

नवनियुक्त आइजिपी शैलेश थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक(आइजिपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । बिहीबार बिहान गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त आइजिपी...

काठमाडौं उपत्यकामा थपिए ५ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले...

शनिबार थपिए कोरोनाका पाँच सय ५४ संक्रमित

काठमाडौं, १३ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

राष्ट्रिय वाणिज्य बैैंकका शाखा प्रबन्धक पक्राउ

बाँके – सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर...

सेनाले ६ करोड खर्चेर ल्याएको किट प्रयोग गर्न नमिलेर थन्कियो गोदाममा

काठमाडौं, १३ असार । सेनाले खरिद गरेका किट ओम्नीले ल्याएका मेसिनमा मात्र प्रयोग हुने, तर ओम्नीले सवा करोडमा ल्याएका पाँच...

थपिए कोरोनाका लक्षण, अब यी समस्या देखिए चनाखो बन्नुस्

काठमाडौं, १३ असार । हाम्रो देशमा कोभिड–१९ संक्रमण भए, नभएको जाँच्न ज्वरो नापिन्थ्यो । सास फेर्न गाह्रो भए, नभएको पहिल्याइन्थ्यो...

राप्ति अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि, कोरोनाबाट ज्यान गुमाउनेको संख्या २७ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार दाङमा अचेत अवस्थामा...

नेपालको जनसंख्या तीन करोड नाघ्यो

काठमाडौं– नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार शुक्रबार नेपालको जनसंख्या तीन करोड नाघेको हो ।...