Trending Now: लाफिङ्ग बुद्धको मुर्ति सेयर गर्नुहोस् हुनेछ अकस्मात धन लाभ मृ त्युसँग लडिरहेकी निम लमु भन्छिन्, ‘मलाई अझै बाँच्ने रहर छ…’ सक्दो सेयर गर्नुहोला भगवान गौतम बुद्धको फोटोलाई दर्शन स्वरूप एक सेयर गर्दै तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, तपाईंको मनोकामना पुराहुनेछ । #साधु ! #साधु !! #साधु !!! ३ वर्षसम्म यी ४ राशिको लागि यस्तो छ भाग्य: कतै तपाई त पर्नु भएन ? नागदेवताको दर्शन गरि तपाईंको भाग्य र भविष्य हेर्नुहोस्, आजको दिन सिद्ध रहनेछ खराब सपना देखे के गर्ने ? के तपाई सपनामा आकाश बाट खस्नु भएको छ ? थाहा पाउनुस् २० सपनाका फल चोखो मनले लाइक र सेयर गरी हेर्नुहोस् राशि अनुसार तपाईंको भाग्य, भाग्य चम्किनेछ ! नागको अन्डा देख्ने मान्छे भाग्यमानी हुनेछ दाँतको किरा मार्ने घरेलु सजिलो उपाय जानि राखौं

सुशान्तको परिवारमा अर्को बज्रपात, देवरको निधनको पीडाले भाउजुको पनि निधन

admin - २ असार २०७७, मंगलवार १८:०० Share:

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्मदाह गरेको घटनाले बलिउड क्षेत्र शोकमा परिरहेको बेला उनको परिवारमा अर्को बज्रपात परेको छ । सुशान्तले अचानक आत्मदाह गरेको घटनाको पीडा सहन नसकी उनकी भाउजुले पनि प्राण त्याग गरेकी छिन्। बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवी देवर सुशान्तको निधनको खबरले निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउने सुधा सुशान्तको आफ्नै भाउजु भने होइनन् । ५ सन्तानमध्ये सुशान्त परिवारको एक्लो छोरा हुन् । सुधा देवी उनको काकाको छोराको श्रीमती भएको समाचारमा बताइएको छ ।

उनीका ३ जना दिदिबहिनीहरु मुम्बइमा बस्छन् भने एकजना दिदी अमेरिकाबाट आज नै भारत आउँदैछिन् । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो। सुशान्तको निधनको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डि प्रेसनको शिकार भइन्।

देवरको निधनको खबर पाएलगत्तै उनले खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भयो। पारिवारिक स्रोतका अनुसार सुधाको निधन लगभग सुशान्तको अन्तिम संस्कारका बेला भएको हो।

त्यस्तै बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद वा नातावादको बहस फेरि उठेको छ । के सुशान्त बलिउडमा परिवारवादको शिकार बनेका थिए रु अर्थात् उनले देहत्याग गर्नुको पछाडि यही परिवारवादको संरचना धेरथोर जिम्मेवार थियो रु त्यसो त, बलिउडमा परिवारवाद अघोषित रुपमा स्थापित नै छ । यो विस्तारै पारिवारिक पेशा जस्तो पनि बन्न थालेको छ ।

योग्यता र क्षमता नभए पनि स्टार कलाकारका भाइ–भतिजा, छोरी–चेली भएकै कारण बलिउडमा प्रवेश गर्ने र स्थापित हुने मौका धेरैलाई मिल्यो । यसको ठीक उल्टो पाटो डरलाग्दो छ । कतिपय कलाकार अब्बल क्षमता र कौशल भए पनि परिवारवादको घेराभित्र पर्न नसक्दा छायामै परे । बलिउडकै स्थापित कलाकारहरुले सुशान्त सिंह राजपुतलाई त्यस्तैमध्येका एक अभिनेता ठानेका छन् । करण जोहर, आलिया भाट लगायत कलाकारले जब सुशान्तको निधनमा श्रद्धाञ्जली दिए, त्यसपछि परिवारवादको बहस सतहमा उठेको हो ।

धेरैले सामाजिक सञ्जालमा करण र आलियालाई दोहोरो चरित्रको मान्छे भन्दै कठोर आलोचना गर्न थालेका छन् । यस्तो किन पनि भनियो भने, सुशान्तलाई करण जोहरको शो ‘कफी विथ करण’ मा आलियाले खिल्ली उडाएकी थिइन् । यतिसम्म कि, बाबु र आमाको प्रभावबाट बलिउडमा छिरेकी आलियाले सुशान्तलाई चिन्दिन समेत भनेकी थिइन् । जब कि, सुशान्त कठिन मेहनतबाट बलिउडमा स्थापित भएका थिए । उनै आलियाले सुशान्तको निधनबाट आफू स्तब्ध बनेको भन्दै गहिरो दुख व्यक्त गरेकी छन् । उनले यो दुख व्यक्त गर्ने शब्द नै नभएको भन्दै उनको परिवारमा समवेदना प्रकट गरिन् ।

बलिउडकर्मी गौरव मिश्राले आलियाको यस्तो ट्वीटलाई ‘फेक सिम्प्याथी’ भन्दै टिप्पणी गरेका छन् । उनले त बलिउडकर्मीले ‘गोहीको आँशु’ झारेको भन्दै आलोचना समेत गरे । उनले भनेका छन्, ‘सुशान्तले भनेका थिए कि, कसैले पनि उनलाई पार्टीमा बोलाएका थिएनन् । उनले बलिउडले आफूलाई परिवारको सदस्यको रुपमा स्वीकार नगरेको बताएका थिए । उनी सधैँ यही कुराले दुखी र निराश थिए । बलिउड स्टप हिप्पोक्रेसी एन्ड घडियाली टियर्स… ।’

त्यसो त, सुशान्त अब्बल अभिनेता हुँदा हुँदै पनि धेरै ठाउँबाट उनलाई अघोषित रुपमा वहिष्कार नै गरिएको थियो । जस्तो कि, ‘काइ पो चे’ जस्तो सफल फिल्ममा उनले डेब्यू गर्दा नै आफुलाई पुष्टि गरिसकेका थिए । ‘पिके’, ‘केदारनाथ’ जस्ता फिल्ममा सुशान्तले सम्झनलायक काम गरे । कठिन मेहनतबाट बलिउडमा स्थापित बनेका सुशान्तले फिल्म अवार्ड पाउनुपर्ने गुनासो बलिउडमा सुनिरहन्थ्यो । यतिसम्म कि, कंगना रनोटले त ‘गल्ली ब्वाइ’भन्दा ‘काइ पो चे’ धेरै हिसाबले अवार्डका लागि योग्य फिल्म रहेको टिप्पणी गरेकी छन् ।

विडम्वना कस्तो भने, हरेक वर्ष सुशान्तको अभिनयको प्रशंसा त धेरै हुन्थ्यो । तर उनी फिल्म अवार्डमा नै बोलाइँदैनथे । यतिसम्म कि, प्रोड्युसरहरुको पार्टीमा समेत उनलाई बोलाइँदैनथ्यो । यसको मतलब सुशान्त एक किसिमले उपेक्षित वा वहिस्कृत जस्तै थिए । त्यसो त, सुशान्त आफैँ पनि कतिपय सन्दर्भमा बलिउडले परिवारको सदस्यको रुपमा स्वीकार नगरेको गुनासो गर्ने गरेका थिए ।

कंगनाले हालै सुशान्तको निधनको सन्दर्भमा भनेकी छन्, ‘सुशान्तलाई मानसिक रुपमा कमजोर थियो, मानसिक समस्याग्रस्त थियो, एडिक्ट थियो भनेर गलत रुपमा चित्रित गरिँदैछ । सुशान्तको एडिक्सन खराब लाग्ने, सञ्जय दत्तको एडिक्सन चाहिँ क्युट लाग्ने ?’

कंगनाले थप लेखेकी छन्, ‘स्टार किडहरु बलिउडमा सुरक्षित हुन्छन् । उनीहरुलाई पहिले नै धेरै कुरा थाहा हुन्छ, जस्तो कि, मिडिया, स्टाफ र प्रोड्यूसरसँग कसरी बोल्ने पहिल्यै थाहा हुन्छ । जब हामी आउँछौँ, हामी सिक्छौँ, हामी कठिन बाटो सिक्छौँ ।’ उनले त सुशान्तले देहत्याग गर्नुमा बलिउडको परिवारवाद पनि जिम्मेवार रहेको औंल्याएकी छन् । कंगना मात्रै हैन, अरु लाखौं बलिउडका दर्शकले बलिउडको परिवारवाद बन्द गर्न भन्दै ह्यासट्याग नै चलाएका छन् ।

Loading...

सुशान्तलाई बिदाई गर्दै गायिका नेहाले लेखिन् सबैलाई रुवाउने स्टाटस्

यो बर्ष बलिउडले थुप्रै सुपरस्टार चर्चित कलाकारहरु गुमाएको छ । केहिदिन अगाडि लोकप्रिय अभिनेता सुशान्त सिं राजपुतले ज्यान गुमाएपछि यतिबेला...

पूर्व प्रेमिका रुँदै पुगिन् सुशान्तको घर

मुम्बई, ३ असार । सुशान्तसिंह राजपुत र अंकिता लोखन्डेले टीभी धारावाहिक ‘पवित्र रिस्ता’ मा एकसाथ काम गरेका थिए । यही...

लामो समयसम्म श्रीमान,श्रीमती भै काम गरेको र रियल लाइफमा प्रेममा परेर छुटेकी अंकितले जव सुशान्तको दुःखद खबर थाहा पाइन् !

बलिउड अभिनेता सुशान्तसिंह राजपुतले देहत्याग गरेका छन्। मुम्बईको बान्द्रास्थित आफ्नै घरमा उनले आइतबार पा सो लगाएर देहत्याग गरेको भारतीय सञ्चारमाध्यमले...